आज बालाचतुर्दशी : शिवालयहरुमा रातभर जाग्राम बसेका भक्तजनले श...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - नेपाल भेटेरिनरी एसाेसिएशनको नेतृत्वमा विभिन्न सङ्घसंस्थाले पशु सेवा विभाग हरिहर भवन ललितपुरमा ताला लगाएका छन् ।
विभाग अन्तर्गतका कार्यालयहरुको बजेट शून्य रहेको अहिलेको अवस्थामा सेवा प्रवाह गर्न नसक्ने भन्दै विभिन्न १६ वटा सङ्घसस्थाले विभागमा अनिश्चितकालका लागि तालबन्दी गरेका हुन् ।
सरकारले आफूहरुका माग सम्बोधन नगर्दासम्म ताला नखुल्ने नेपाल भेटेरिनरी एसाेसिएशनका अध्यक्ष एवं आन्दोलनका संयोजक डा.रामकृष्ण खतिवडाले बताउनुभयो । बजेट वक्तव्यबाट पशुपक्षी क्षेत्रका कार्यालय/निकायहरुको बजेट कटौती गरी अहिले काम ठप्प हुने अवस्थामा पुर्याएको तथा पशुपक्षीजन्य महामारी, रोग नियन्त्रण, उपचार र राहत प्रदान गर्न सरकार गम्भीर नभएको विरोधमा आन्दोलन भइरहेको उहाँको भनाइ छ ।
शून्य बजेट रहेका कार्यालय र निकायमा तत्काल बजेटको व्यवस्था गर्न, लम्पी स्किन, अफ्रिकन स्वाइन फिवर र वर्ड फ्लुबाट प्रभावित किसानलाई तत्काल राहत कार्यक्रम ल्याउन, सङ्क्रामक रोग नियन्त्रणमा ध्यान दिन, हरेक पालिकामा कम्तीमा एक जना पशु चिकित्सक र हरेक वडामा पशु सेवा प्राविधिक पठाउने व्यवस्था गर्न उनीहरुको माग रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।