डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गर्‍याे

 भदौ ७, २०८० बिहीबार १४:७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गरेको छ । डडेल्धुराको पारिगाउँ मापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र बहाव बढ्दो क्रममा रहेको बाढी सूचना केन्द्रले जनाएको छ ।

डडेल्धुरा र कञ्चनपुरको महाकाली नदी तटीय क्षेत्रमा बेलुकासम्म नै सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ । महाकालीमा पानीको सतह अहिले सात मिटरसम्म पुगेको छ । पारिगाउँ मापन केन्द्रमा पाँच दशमलव ८० मिटर पानी पुग्दा सतर्कता तह पार गरेको मानिन्छ ।

आज महाकाली, नारायणी र मर्स्याङ्दी नदीको जलसतह सतर्कता तह आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै ठाउँमा अस्ति मङ्गलवारदेखि झरी परिरहेको छ । भोलि शुक्रवार पनि पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । मधेस प्रदेशमा राति र अन्य प्रदेशका एक/दुई ठाउँमा दिउँसो ठूलो पानी पर्ने उहाँले जानकारी दिनुभयो । मौसमविद् पौडेलका अनुसार पर्सि शनिवारदेखि भने मौसम खुल्ने सम्भावना छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया