शान्ति सुरक्षाको कारण देखाउँदै धरानमा निषेधाज्ञा जारी

 भदौ ८, २०८० शुक्रबार १६:५४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिका क्षेत्रभित्र आज शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले धरान उपमहानगरपालिकाको सबै क्षेत्रमा लागू हुने गरी आज राति १२ बजेदेखि भोलि शनिवार राति १२ बजेसम्मका लागि निषेधाज्ञाको आदेश दिनुभएको हो ।

धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले भोलि प्रदर्शनको आह्वान गरेका छन् । यस्तै प्रदर्शनको प्रतिकारसमेत हुने सम्भावना बढेपछि धरानमा निषेधाज्ञासहित धरान प्रवेशमा कडाइ गरेको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीको आदेशमा धरानमा फैलिएको डेङ्गी सङ्क्रमण नियन्त्रणमा नआउन्जेल स्वास्थ्य आपत्काल अवस्था क्षेत्र घोषणा गर्न गृह मन्त्रालयमा यसअघि नै सिफारिस गरेको र धरानमा भोलि धार्मिक–साम्प्रदायिक सङ्कटको अवस्थासमेत देखिएकोले शान्ति सुरक्षालाई ख्याल गरेर निषेधाज्ञा जारी गरेको उल्लेख छ ।

अन्तिम अपडेट: असोज २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया