भोलिको कार्यक्रम स्थगित गरेर धरानमा सामाजिक सद्भाव कायम गर्न १३ दलको अपिल

 भदौ ८, २०८० शुक्रबार १७:२५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – धरानमा क्रियाशील १३ वटा राजनीतिक दलले भोलि शनिवार हुने कार्यक्रम स्थगित गरेर धार्मिक र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन् ।

धरानमा आज शुक्रवार बसेको सर्वदलीय बैठकले साझा विज्ञप्ति निकालेर सामाजिक सद्भाव बिथोल्ने कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेका छन् । उनीहरूले सामाजिक सञ्जालबाट पनि सामाजिक सद्भाव खलबलिने कुनै सामग्री शेयर नगर्न अनुरोध गरेका छन् ।

दलहरूले संयुक्त विज्ञप्तिमा सबै जाति, धर्म, समुदायले एकआपसको धर्म, संस्कार, संस्कृति र परम्परालाई सम्मान गर्दै सामाजिक द्वैष तथा आस्थामा ठेस पुर्‍याउने गतिविधि नगर्न अनुरोध गरेका छन् । भाेलिको कार्यक्रम स्थगित गर्न र सबै विषयको वार्तामार्फत समाधान खोज्न दलहरूको आग्रह छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, विवेकशील साझा पार्टीलगायतका नेताले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Dhurba

    Aug. 26, 2023, 9:25 a.m.

    चोर daraunu sobhabik हो dar tras देखियो

  •  0 Reply
  • हरिप्रसाद पौडेल

    Aug. 25, 2023, 5:32 p.m.

    दल र राज्य पक्षको गैर जिम्मेवारी पनको उपज हो भोलिको कार्यक्रम। संविधानले ब्यवस्था गरेको बिषयलाई खुलेआम चुनौती दिंदा दलहरुले के हेरे? समाधानका प्रयास गर्नुपर्दैन? स्थानिय प्रशासनले गलत काम गर्नेलाई कानुनी उपचार गर्नुपर्दैन। आज सद्भाव कार्यक्रम रोक्न खोज्नुको उध्यस्य के हो?

  •  0 Reply

तपाईको प्रतिक्रिया