२०२२ को कतार फुटबल विश्वकपमा ४८ टिमको सहभागिता गराउन फिफाकाे प्रस्ताव

 कात्तिक १४, २०७५ बुधबार २०:३६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

सन् २०२२ को कतार फुटबल विश्वकपमा ४८ टिमको सहभागिता गराउन सकिने फिफाले जनाएको छ ।

फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोले २०२६ विश्वकपबाट सुरु गर्ने ४८ टिमको प्रतियोगिता २०२२ मै सुरु गर्न प्रस्ताव गरेको छ । मलेसियाको क्वालालम्पुरमा रहेकाे एसियाली फुटबल महासंघको नयाँ मुख्यालयको उद्घाटन कार्यक्रममा इन्फान्टिनोले याे कुरा बताएका हुन् ।

तर ४८ टिम खेलाउनका लागि कतारले त्यस क्षेत्रका अन्य देशसँग अयोजनाको अधिकार बाँड्नु पर्ने धारणा फिफा अध्यक्षले राखेका छन् ।

२०२६ को विश्वकप क्यानडा, अमेरिका र मेक्सिकोले ४८ टिम खेलाउने निर्णय भइसकेको अवस्थामा २०२२ मा गर्न कुनै समस्या नभएको अध्यक्ष इन्फान्टिनोले बताए । उनले भने, ‘यो कुरा सम्भव छ कि छैन भनेर अध्ययन गर्दैछौं । कतारी साथीहरुसँग पनि निरन्तर छलफल गर्दैछौं ।’

याे पनि पढ्नुहाेस्

कतार विश्वकप २०२२ : यस्ता बन्दैछन् रंगशाला(तस्बिरसहित)

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया