आज बालाचतुर्दशी : शिवालयहरुमा रातभर जाग्राम बसेका भक्तजनले श...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – केही दिनदेखि परेको लगातारको झरी आजदेखि कम भएको छ ।
पछिल्लो तीन घण्टादेखि देशको थोरै ठाउँमा मात्रै पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले कोशी र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको छ ।
आज राति कोशी, मधेश र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना भए पनि विगत केही दिनदेखिको जस्तो देशैभरी निरन्तर वर्षाको सम्भावना अबका केही दिन नरहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।
निरन्तर पानी पर्ने क्रम अब बिस्तारै कम हुने उहाँले बताउनुभयो ।
भोलि गण्डकी प्रदेशको केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
पर्सि सोमवार देशका धेरैजसो ठाउँको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
लगातार वर्षाको सम्भावना कम रहे पनि मनसुनको समय भएकोले केही समय पानी पर्ने सम्भावना देशैभर रहने महाशाखाले जनाएको छ ।
यसैबीच चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः दुईतर्फी सञ्चालनमा आएको छ ।
दिउँसो इच्छाकामना गाउँपालिका–६, नाम्सीखोला पुलनजिकै सडकमा पहिरो खस्दा बाटो अवरुद्ध भएको थियो ।
पहिरो पन्छाएर बेलुका साढे ५ बजेपछि गाडी चलाएको सडक डिभिजन कार्यालयले भरतपुरले जानकारी गराएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।