बार्सिलाेनाकाे कठिन जित

 कात्तिक १५, २०७५ बिहीबार ७:३०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस फुटबल प्रतियोगिता कोपा डेल रे मा बुधबार राति भएको खेलमा बार्सिलोनाले तेस्रो डिभिजनको क्लब कल्चरल लियोनीसालाई एक शून्यले हरायो ।

प्रिक्वाटरफाइनल प्रवेशका लागि भएको पहिलो लेगमा  स्टार खेलाडी विना नै मैदानमा उत्रिएको बार्सिलोनाले १० खेलाडीमा झरेको कल्चरल विरुद्ध अन्तिम समयमा गोल गर्दा जित निकाल्यो ।

निर्धारीत ९० मिनेटसम्म गोलरहित बराबरी भएको खेलको इन्जुरी समयको पहिलो मिनेटमा सब्सिच्युट खेलाडी लेङलेटले हेडमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । इन्जुरी समयकै चौथो मिनेटमा कल्चरलका सर्जियो मार्कुस दोहोरो पहेलो कार्ड पाउदै मैदानबाट बाहिरिए ।

त्यसपछि दुबै टिमबाट गोल भएन र बार्सिलोनाले कठिन जित हात पार्‍याे । अब दोस्रो लेग बार्सिलोनाको मैदानमा डिसेम्वर ५ तारिखमा हुनेछ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया