चन्द्रमाको सतहमा अक्सिजन र धेरै खनिज पदार्थ रहेको सङ्केत भेटिएको इसरोको दाबी

 भदौ १३, २०८० बुधबार ६:२९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गगठन (इसरो) ले चन्द्रमाको सतहमा अक्सिजन र धेरै खनिज पदार्थ रहेको सङ्केत चन्द्रयान–३ को रोभरले फेला पारेको जनाएको छ ।

गएको बुधवार अर्थात् अगष्ट २३ तारिखमा चन्द्रमाको अनुसन्धानका लागि दक्षिणी ध्रुवमा चन्द्रयान–३ को विक्रम रोभर अवतरण भएको थियो । 

चन्द्रमाको सतहमा फलाम, टाइटेनियम, म्याग्नीज, सिलिकन, क्रोमियम, क्याल्सियम, एल्युमिनियम र सल्फरजस्ता खनिजपदार्थको उपस्थिति प्रज्ञान रोभरमा रहेको ‘लेजर–इन्ड्युस्ड ब्रेकडाउन स्पेक्ट्रोस्कोप (एलआईबीएस) उपकरणले पत्ता लगाएको इसरोले जनाएको छ ।

रोभरमा रहेको उपकरणले दक्षिणी ध्रुव नजिकै चन्द्रमाको सतहमा सल्फर (एस) को उपस्थितिलाई पहिलो पटक इन–सिटु मापनको माध्यमबाट स्पष्ट रूपमा पुष्टि गरेको इसरोलाई उद्धृत गरी भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

हाइड्रोजनको खोजी जारी नै रहेको इसरोले एक्स अर्थात् ट्वीटर पोस्टमा उल्लेख गरेको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया