अब आईएमई पेबाट एसआईपी भुक्त्तानी सजिलै गर्न सकिने
असोज १२, २०८० शुक्रबार
काठमाण्डाै - आज जनैपूर्णिमाको दिन देशका धेरै ठाउँमा बिहानैदेखि चहलपहल छ । पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरको अशोकविनायकलगायत बाग्मती नदीको किनार र देशभरका मठ मन्दिरमा भक्तजनको भिड लागेको छ ।
वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गइ स्नान गरेर गुरु पुरोहितबाट डोरो बाँध्ने गर्छन् । यस्तै, तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ ।
तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइँदैछ ।
जनैपूर्णिमाका दिन आज बिहान पशुपतिनाथ मन्दिर परिसरमा नुहाएर ब्राह्मणको हातबाट डोरो बाँध्दै ।
घोराही उपमहानगरपालिका –६ मा रहेको बबई नदीमा आज जनैपूर्णिमाका अवसरमा गङ्गा स्नान गर्दै नागरिक ।
घोराही उपमहानगरपालिका–७ मा रहेकाे श्रीमाता पवित्रा देवी सांगवेद संस्कृत विद्यालय (गुरुकूल) मा अध्ययनरत बटुकहरु घोरही–१५ को भानुचोकमा बालिकालाई डोरो बाधिँदिँदै ।
घोराही–१८ संखेपिपलमा रहेकाे कटुवा खोलामा घोराही बजारलगायत रझेना, महदेवा गाउँका स्थानीयवासी दुबो, कुश, गाईको गोबर जपेर स्नान गर्दै ।
रक्षाबन्धन तथा जनैपूर्णिमाका अवसरमा बालुवाटारमा रहेकाे निवासमा वैदिक विधिअनुरूप ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका तर्फबाट राखी लगाउँदै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे ।
भरतपुर महानगरपालिका वडा नं ११ मा रहेको शिवालय मन्दिरमा धार्मिक विधिअनुसार रुद्राभिषेक गरी जनै र रक्षाबन्धन मन्तर्दै पुरोहित ।
रक्षाबन्धनको दिन आज बुटवल उपमहानगरपालिका –११, बुद्धनगरमा रहेकाे चोकमा दाजुभाइको नाडीमा बाध्न राखी किन्दै एक महिला ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यबिन्दु–३ मा रहेकाे ॐकारेश्वर महादेव मन्दिरमा विधिपूर्वक मन्त्रोच्चारणद्वारा शुद्ध पारिएको रक्षाबन्धन (तागो) पुरोहितबाट धारण गर्दै स्थानीयवासी ।
जनै पूर्णिमाका दिन आज कोटेश्वर पेप्सीकोला मोडमा ब्राह्मणको हातबाट डोरो बाँध्दै नागरिक
सबै तस्बिर : रासस