पेनाल्टीमा भारतलाई हराउँदै बंगलादेश यू–१५ साफ च्याम्पियनसिपको फाइनलमा

 कात्तिक १५, २०७५ बिहीबार १३:३४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बंगलादेश नेपालमा भैरहेको यू–१५ साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा भारतलाई पेनाल्टीमा चार दुई गोलले हराउदै बंगलादेशले फाइनलमा स्थान बनायो ।

ललितपुरस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको सेमिफाइलमा बंगलादेशलाई नाटकीय रुपमा खेलमा जित निकाल्यो । त्यसो त भारतले ९० मिनेटमा एक गोलको अग्रता जोगाउन सकेन ।

खेलको २५ औं मिनेटमा भारतका सैलेश हर्षले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको भारतविरुद्ध दोस्रो हाफमा बंगलादेशले खेलमा फर्कने केही मौका पाएपनि सफल हुने सकेन तर खेल सकिन करिब एक मिनेट बाँकी हुँदा बंगलादेशले पेनाल्टी पायो । जसलाई बंगलादेशले सदुपयोग गर्दै खेल बराबरी गर्यो ।

९० मिनेटसम्म दुवै टिमबाट एक–एक गोल भएपछि खेल पेनाल्टीमा पुगेको थियो । जसमा भारतका दुई खेलाडीको प्रहारले सही दिशामा लिन सकेन भने बंगलादेशका ५ खेलाडीले नै पेनाल्टीलाई सदुपयोग गरे । 

उपाधिका लागि बंगलादेशले नेपाल र पाकिस्तानबीचको विजेतासँग खेल्नेछ । यो खेल दिउँसो साढे २ बजे हुनेछ ।
 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया