काभ्रेको मण्डनदेउपुरमा लघुउद्यमका ८० नयाँ उद्यमी तयार

 भदौ १६, २०८० शनिबार १९:२०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काभ्रेको मण्डनदेउपुर नगरपालिकाले विभिन्न सीपमूलक तालिममार्फत लद्युउद्यमका लागि ८० नयाँ उद्यमी तयार पारेको छ । 

नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत एक वर्षको अवधिमा ८० महिला तथा पुरुषलाई उद्यमी बनाएको हो ।

कार्यक्रमअन्तर्गत नगरपालिकाले विभिन्न समयमा सिलाइकटाइ, गलैँचा बुनाइ, ब्युटीसियन र मोटरसाइकल वर्कशपको एक/एक महिना तालिम प्रदान गरेको थियो ।

त्यसैगरी बाख्रापालन र तरकारी खेतीसम्बन्धी पाँच/पाँच दिनको तालिम सञ्चालन गरिएको थियो ।

चालिस जना महिलाका लागि ‘एड्भान्स’ सिलाइकटाइ तालिमसमेत प्रदान गरिएको नगरपालिकाका रोजगार संयोजक एवम् लघुउद्यम विकास कार्यक्रमका स्रोत व्यक्ति सुरज पौडेलले जानकारी दिनुभयो।

गएको आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाको वडा नम्बर ४, ५, ८ र १० मा कार्यक्रम सञ्चालन गरिएको थियो । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया