काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
दक्षिण कोरियाली फुटबल स्टार जाङ ह्युन सो कोरियाली फुटबल एशोसियसनको आजीवन प्रतिबन्धमा परेका छन् ।
सैन्य सेवाबाट बच्नका लागि विकल्पका रुपमा दिइएको सामुदायिक सेवाको अभिलेख नक्कली पाइएपछि उनी आजीवन प्रतिबन्धमा परेका हुन् । साथै उनलाई अहिलेसम्म कमाएको २६ हजार ३४० अमेरिकी डलर पनि जरिवाना लगाइएको छ ।
२७ वर्षे डिफेण्डरलाई दक्षिण कोरियाका सुपरस्टार हुन् । गएको विश्वकपमा साविक विजेता जर्मनीलाई पराजित गर्दा उनी कोरियाली टोलीको मुख्य सदस्य थिए ।
दक्षिण कोरियामा हरेक पुरुषले दुई वर्षसम्म सेनामा रहेर सेवा गर्नुपर्छ, तर, सन् २०१४ मा एशियाली खेलकुदमा स्वर्ण जित्ने टोलीका सदस्य सोलाई यो बाध्यताबाट मुक्त गर्दै यसको बदलामा ३४ महिनासम्म सामान्य सैन्य प्रशिक्षण र ५४४ घण्टासम्म खेलकुदसँग सम्बन्धित सामाजिक सेवा गर्न भनिएको थियो ।
उनले सामाजिक सेवाका रुपमा पेश गरेको दस्तावेजमध्ये डिसेम्बर २०१७ मा गरेको भनिएको १९६ घण्टाको सेवा नक्कली प्रमाणित भएको हो ।
उनले दस्तावेजमा जुन क्षेत्रको सेवा गरेको उल्लेख गरेका छन्, त्यस क्षेत्रमा डिसेम्बरको महिनामा भारी हिमपात हुन्छ र बाहिरी गतिविधि सम्भव नै हुँदैन । सो ले हालै आफ्नो गल्ती स्वीकार गरेका छन् । र, त्यसपछि कोरियाली फुटबल संघको फेयर प्ले कमिटीले उनलाई प्रतिबन्ध लगायो ।
फेयर प्ले कमिटीका संयोजक वकिल सुह चाङ हीले भने, ‘हामीले राष्ट्रिय टोलीको छनोटबाट स्थायी रुपमा जाङलाई प्रतिबन्ध लगाएका छौं । केएफए विधानअनुसार उनलाई अधिकतम जरिवाना पनि लगाइएको छ ।’
फुटबल खेल्नबाट जीवनभर प्रतिबन्ध पाउने खेलाडीको भविष्यबारे सात वर्षपछि समीक्षा गर्न सकिने नियम छ । तर, राष्ट्रिय टोलीमा पुनरागमनबारे भने कुनै नियम छैन ।
जापानको जे लिगमा एफसी टोक्योबाट खेलिरहेका जाङलाई यसै महिना हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीमा बोलाइएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।