जम्मू–कश्मीर बीजेपी सचिव परिहार र उनका भाइको गोली हानी हत्या

 कात्तिक १५, २०७५ बिहीबार २३:१३:२ | एजेन्सी
unn.prixa.net

भारतको जम्मू–कश्मीर राज्यका भारतीय जनता पार्टी(बीजेपी) सचिव अनिल परिहार र उनका भाइको गोली हानी हत्या गरिएको छ ।

बिहीबार साँझ जम्मू–कश्मीरको किश्तवाडमा बीजेपी सचिव परिहार र उनका भाइको गोली हानी हत्या भएको हो । किश्तवाडमा रहेको आफ्नो घरतर्फ जाँदै गर्दा परिहार दाजुभाइमाथि गोली हानिएको जम्मू–कश्मीर प्रहरीले जनाएको छ ।

जम्मू–कश्मीर बीजेपीका अध्यक्ष रवीन्द्र रैनाका अनुसार परिहार दाजुभाइको बिहीबार साँझ ८ बजेतिर आतंककारीको समहूले गोली हानी हत्या गरेको हो । उनीहरुलाई तत्कालै अस्पताल पुर्याइए पनि बचाउन नसकिएको रैनाले बताए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।

बीजेपीका आक्रोशित कार्यकर्ताले अस्पताल र स्थानीय प्रहरी चौकीमा आक्रमण गर्न थालेपछि किश्तवाड क्षेत्रमा कर्फ्यु लगाइएको छ ।

परिहारको निधनमा जम्मू–कश्मीरका पूर्व मुख्यमन्त्री ओमर अब्दुल्लाहले दुःख व्यक्त गरेका छन् । 

 

 

 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया