काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
स्वीस खेलाडी रोजर फेडरर र सर्वियन खेलाडी नोभाक जोकोभिच पेरिस मास्टर्स टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
विश्व बरियतामा तेस्रो स्थानमा रहेका फेडररले इटालियन खेलाडी फावीयो फोग्नीनीलाई दुई शुन्यको सोझो सेटमा हराउँदै अन्तिम आठमा स्थान बनाए । एक घण्टा १३ मिनेट समय खर्चिएका फेडररले पहिलो सेट ६–४ ले जिते भने दोस्रो सेट ६–३ ले आफ्नो पक्षमा पारे । दोस्रो सेटमा फेडररल दुई ब्रेक पोइन्ट बचाएका थिए ।
अर्को खेलमा दोस्रो बरियताका जोकोभिचले बोस्नियाका डामिर जुमहुरलाई हराउदै अन्तिम आठमा पुगे । डामिर खेलकोबीचमा नै ब्याक इन्जुरीका कारण रिटायर्ड भएपछि जोकोभिचलाई क्वार्टरफाइनलमा पुग्न सहज भयो ।
पहिलो सेट जोकोभिचले ६–१ जितेका थिए । दोस्रो सेटमा २–१ को अग्रता बनाएको अवस्थामा डामिरले ढाडको समस्याका कारण खेल्न परित्याग गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।