समुद्रमा खसेको विमानको ‘ब्ल्याक बक्स’ भेटियो

 कात्तिक १६, २०७५ शुक्रबार ७:२२:२८ | एजेन्सी
unn.prixa.net

इन्डोनेसियाको समुद्रमा खसेको लायन एयसलाइन्स विमानको ब्ल्याक बक्स भेटिएको छ । यो ब्ल्याक बक्स इन्डोनेसियाको समुद्री तटमा भेटिएको हो । गएको सोमबार उडेको १३ मिनेटपछि सम्पर्कविहीन भएको विमान दुर्घटनाको कारण अहिलेसम्म पत्ता लागेको छैन । 

ब्ल्याक बक्सले विमानको गति, उचाई र दिशाका साथै चालक दलका सदस्यहरुको कुराकानी जस्ता महत्वपूर्ण जानकारी रेकर्ड गर्छ । अब दुर्घटनाको कारण पत्ता लगाउन सहज हुने अधिकारीहरुले विश्वास गरेका छन् ।

दुर्घटनामा विमानमा सवार सबै १ सय ८९ जनाको ज्यान गएको भनिए पनि धेरैको शव अझै भेटिएको छैन । इन्डोनेसियाका खोज तथा उद्धार टोलीले विमानको मुख्य भाग र त्यहाँ सवार व्यक्तिको खोजी गरिरहेका बीबीसीले जनाएको छ । 

लायन एयरलाइन्सको बोइङ ७३७ जहाज राजधानी जकार्ताबाड उडान भरेलगत्तै समुन्द्रमा दुर्घटनाग्रस्त भएको थियो । जेटी–६१० फ्लाइट नम्बरको त्यो जहाज जकार्ताबाट पंगकल गैरहेको थियो । 

याे पनि पढ्नुहाेस् । 

कसरी दुर्घटनामा पर्छ ‘ब्राण्ड न्यू’ जहाज ?


 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया