उत्तर कोरिया : यौन उत्पीडनको शिकार भएकी महिलाको कहानी

 कात्तिक १६, २०७५ शुक्रबार ८:२२:५७ | एजेन्सी
unn.prixa.net

दुनियाभर यौन उत्पीडनको विरोधमा आवाज उठिरहेको छ ।  मिटूको माध्यमबाट महिलाहरु सामाजिक सञ्जालमा आफूमाथि भएको उत्पीडनका घटनाबारे बताइरहेका छन् । 

यसैबीच ह्युमन राइट्स वाच एचआरडब्लु को एक रिपोर्टअनुसार उत्तर कोरियाका अधिकारीहरु विना कुनै डर महिलामाथि यौन उत्पीडन गरिरहेका छन् । 

यो रिपोर्टअनुसार उत्तर कोरियामा यौन उत्पीडन सामान्य जीवनको हिस्सा बनेको छ । यो रिपार्ट ६२ जना देश छोडेर अन्य गएका उत्तर कोरियालीसँग कुरा गरेर तयार पारिएको बताइएको छ । उनीहरुले आफूमाथि भएको बलात्कार र अन्य यौन उत्पीडनको बारेमा बताएका छन् । 

एचआरडब्लु भनाई अनुसार यो रिपोर्टमा उत्तर कोरियामा उत्पीडनको मनोमानि र लुकेको संस्कृति बाहिर आएको छ । यसमा पुरुषद्वारा गरिएको यौन उत्पीडनलाई समावेश गरिएको छ । 

४० वर्षीया एक पूर्व व्यापारीले रिपोर्टमा भनेकी छिन् उनीहरु हामीलाई ‘सेक्स टोय’ सम्झन्थे । उत्तर कोरिया जस्तो देशबाट यस्ता जानकारी थोरै नै आउँछन् । 

केही महिलाहरुले दिएको जानकारी अनुसार उत्तर कोरियामा यौन उत्पीडन यति सामान्य थियो कि उनीहरु सोच्थे यो असामान्य कुरा नै होइन । 

रिपोर्टका अनुसार उत्तर कोरियामा यौन शिक्षाको कमी, आफ्नो पद र हैसियतको गलत प्रयोग गर्ने मानसिकताका कारण यस्ता घटना बढी हुने गरेको छ । यौन उत्पीडन गर्ने मानिसहरुमा उच्च पदमा रहेका पार्टी अधिकारी, सुरक्षा गार्ड, प्रहरी र शैनिक रहेको रिपोर्टमा बताइएको छ । 

उनीहरुले बताए अनुसार जब कोही अधिकारी कोही महिलालाई छनोट गर्थ्यो उसको कुरा मान्नुको विकल्प ती महिलाको साथमा थिएन । यस्तो एक महिलाको साथ भएको थियो उनी उत्तर कोरिया छोड्न लाग्दा पक्रिएका थिए । 

पार्क यूंग ही नाम गरेकी ती महिलाले भनिन् ‘ मेरो जिन्दगी उसको हातमा थियो मैले त्यो सबै कुरा गरेँ जो उ चाहान्थ्यो । म त्यसबाहेक अरु केही गर्न सक्दैनथेँ ।’

ह्युमन राइट्स वाचले अब उत्तर कोरियामा हुने यौन हिंसामा ध्यान दिन र यो अपराधका रुपमा बुझ्न आग्रह गरेको छ । सन् २०१४ को यूएन रिपोर्टमा पनि उत्तर कोरियाको सरकारले व्यापक रुपमा मानव अधिकार उल्लंघन गरेको बताइएको थियो । 

रिपोर्टमा यो पनि बताइएको थियो की जेलमा र हिरासतमा रहेका महिलामाथि पनि जबर्जस्ती गर्भपतन, बलात्कार र यौन हिंसा हुने गरेको छ । 

–बीबीसी हिन्दीबाट 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया