आइफोन १५ सार्वजनिक, स्मार्टफोनमा जस्तै टाइप सी चार्जिङ सुविधा

 भदौ २७, २०८० बुधबार ११:४६:३० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – लोकप्रिय अमेरिकी प्रविधि कम्पनी एप्पलले आइफोन १५ सार्वजनिक गरेको छ । गएराति अमेरिकाको क्यालिफोर्नियामा एप्पल कम्पनीले आइफोन १५ सिरिजअन्तर्गत आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स गरी चार मोडल सार्वजनिक गरेको हो।

आइफोन १५ का सेटहरु पाँच वटा रंगमा उपलब्ध हुनेछन् । सेतो, कालो, गुलाबी, हरियो र पहेँलो रङमा पाइने सिएनएनले जनाएको छ । आइफोन १५ को शुरुवाती मूल्य सात सय ९९ डलर तथा आइफोन १५ प्रोको शुरुवाती मूल्य नौ सय ९९ डलर रहेको खबरमा उल्लेख छ ।

एप्पलले पहिलो पटक एन्ड्रोइड स्मार्टफोनमा जस्तै टाइप सी चार्जिङ सुविधासहितका सेट ल्याएको बीबीसीले जनाएको छ । पहिले आईफोनमा अन्य फोनभन्दा छुट्टै लाइट चार्जिङ पोर्ट थियो, जुन आईफोनको पहिचान पनि थियो ।

तर अब एप्पलले यसलाई परिवर्तन गर्दै आफ्नो नयाँ आईफोनमा लाइटनिङ चार्जिङ पोर्टको साटो सी–टाइप चार्जिङ पोर्ट भएको जनाएको छ । युरोपेली सङ्घको दबाबमा कम्पनीले यो कदम चालेको खबरमा उल्लेख गरिएको छ  ।

आइफोन १५ र १५ प्लसमा प्राइमरी क्यामरा ४८ मेगापिक्सेलको रहेको छ भने १२ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामरा पनि रहेको छ । आइफोनका यी मोडलसँगै एप्पलले ब्राण्ड–न्यु एप्पल वाच अर्थात घडी समेत सार्वजनिक गरेको छ । यो घडीको ब्याट्री ७२ घण्टा चल्ने दाबी गरिएको छ भने युएसबी–सी एयरपड्स पनि सार्वजनिक गरिएकोे छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया