पाकिस्तान र चीनबीच बस सेवा सञ्चालन गर्ने सम्झौताप्रति भारतको आपत्ति

 कात्तिक १६, २०७५ शुक्रबार १२:२६:५० | एजेन्सी
unn.prixa.net

चीन र पाकिस्तानको बीचमा प्रस्तावित बस सेवा परियोजनाप्रति भारतले आपत्ति जनाएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार पाकिस्तान र चीनबीचको सम्झौताले दुवै देशसँग भारतको कुटनीतिक सम्बन्ध चिसिएको छ । 

दुई देशबीचको सम्झौताअनुसार लाहोरबाट पाकिस्तान प्रशासित कश्मीर हुँदै चीनको शिनजियाङसम्म बस सेवा सञ्चालन हुनेछ । जनसत्तामा छापिएको खबरअनुसार भारतले यो बस सेवाको चीन तथा पाकिस्तान दुवै देशसामु विरोध जनाएको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खान बिहीबारदेखि ५ दिने चीन भ्रमणमा रहेका छन् ।

भारतीय विदेश सचिव विजय गोखलेले राष्ट्रिय सीमाबाट बाहिर सम्पर्क गर्दा कुनै पनि देशको सम्प्रभुता तथा क्षेत्रीय अखण्डताको सम्मान हुनुपर्ने बताएका छन् । 


 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया