जँड्याहा जापानी पाइलट लण्डनको हिथ्रो विमानस्थलमा पक्राउ

 कात्तिक १६, २०७५ शुक्रबार १४:४:२९ | एजेन्सी
unn.prixa.net

एक जना जँड्याहा जापानी पाइलट लण्डनको हिथ्रो विमानस्थलमा पक्राउ परेका छन् । उनले ९ पटकभन्दा बढी सीमाभन्दा बढी रक्सी पिएको बेलायती अधिकारीहरुले बताएका छन् ।

जापान एयरलाइन्सका ४२ वर्षीय पाइलट कात्सुतोशी जित्सुकावालाई ब्रेथ टेस्टमा फेल भएपछि गएको अक्टोबर २८ मा हिथ्रो विमानस्थलबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ ।

उनको शरीरबाट एक सय मिलिलिटर रगतको नमुना लिएर परीक्षण गर्दा १८९ मिलिग्राम अल्कोहलको मात्रा भेटिएको थियो । बेलायतमा पाइलटको शरीरमा २० मिलिग्रामभन्दा बढी अल्कोहलको मात्रा भेटिएमा त्यसलाई कानुनविपरीत मानिन्छ ।

पाइलट जित्सुकावालालाई हिरासतमा राखेर थप अनुसन्धान भैरहेको छ । उनलाई नोभेम्बर २९ मा अदालतमा उपस्थित गराइनेछ ।

जापान एयरलाइन्स त्यस घटनाप्रति क्षमा माग्दै भविष्यमा त्यस्ता घटना हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ । त्यस्तै उसले आफ्नो पहिलो प्राथमिकता नै सुरक्षित उडान भएको पनि स्पष्ट पारेको छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया