अर्घाखाँचीमा विद्यार्थीलाई भाग्य बोक्ने झोला वितरण

 भदौ ३०, २०८० शनिबार १६:४४:४९ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ३ मा  गरिब, असहाय र अति विपन्न विद्यार्थीलाई भाग्य बोक्ने झोला वितरण गरिएको छ ।

पहिलो पाइला नेपालले भूमिकास्थान गरपालिका वडा नम्बर ३ मा रहेको सिद्धार्थ आधारभूत विद्यालय र शंकर जनसेवा आधारभूत विद्यालयमा अध्ययनरत् १ सय १० जना गरिब, असहाय र अति विपन्न विद्यार्थीलाइ भाग्य बोक्ने झोला वितरण गरेको संस्थाका बुटबल शाखा उपाध्यक्ष सन्तोष बन्जाडेले बताउनु भयो  ।

भाग्य बोक्ने झोला अन्तर्गत विद्यार्थीहरुलाई सिद्धार्थ आधारभूत विद्यालयको प्रांगणमा एक कार्यक्रमकाबीच जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले शैक्षिक सामग्री र सरसफाइ सामग्री प्रदान गर्नु भएको हो । उहाँले विद्यार्थी लक्षित सामग्री प्रदान गरेको बताउदै गाउँमा बढ्दै गरेको बसाइँसराइ रोक्न सबै लाग्नु पर्ने बताउनुभयो । सामुदायिक विद्यालयहरुमा खस्कँदै गरेको शिक्षाको गुणस्तर वृद्धि गर्न शिक्षक, अभिभावक, जन प्रतिनिधि तथा सबै सरोकारवालाहरु लाग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा प्रत्येक विद्यार्थीलाई एक सेट झोला, एक दर्जन कापी, एक दर्जन पेन्सिल, तथा सरसफाइ सामग्री अन्तर्गत खाजा राख्ने टिफिन, पानी खाने बोतल, ब्रस, मन्जन, नेलकटर र  रुमाल प्रदान गरिएको पहिलो पाइला नेपालका केन्द्रीय महासचिव विनोद महतले बताउनुभयो ।

शैक्षिक सामग्री तथा सरसफाइ सामग्री प्राप्त गरेपछि आफूहरुलाई खुसी लागेकाे सिद्धार्थ आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत विद्यार्थी रिता बिकले बताउनुभयो । उहाँले आफूहरुले प्राप्त गरेको सामग्रीले अध्ययन तथा सरसफाइमा ठूलो सहयोग पुग्ने बताउनुभयो । शैक्षिक सामग्रीकै अभावमा विद्यालयमा आएर अध्ययन गर्न नसकेका विद्यार्थीलाई यस्तो खालको सामग्रीले ठूलो सहयोग पुगेको उहाँको भनाइ छ ।

कार्यक्रममा जिल्ला समन्वय कार्यालयका प्रमुख जीवनारायण कोइराला, पहिलो पाइला नेपालका केन्द्रीय महासचिव विनोद महत, भूमिकास्थान नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष कृष्ण प्रसाद बन्जाडे, नगरपालिकाका शिक्षा शाखा प्रमुख तुपलाल सापकोटा, समाजसेवी बाबुराम बन्जाडे, अन्नपूर्ण माविका शिक्षक सुवास चन्द्र बन्जाडे, सिद्धार्थ आधारभूत विद्यालयका प्रधानाध्यापक खेमराज भाट, शंकर जनसेवा आधारभूत विद्यालयका प्रधानाध्यापक शालिकराम खनाल, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य, शिक्षक अभिभावक संघका बालकृष्ण पाण्डे, सस्थाका बुटबल शाखाका उपाध्यक्ष सन्तोष बन्जाडे लगायतले मन्तव्य राख्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया