आज ११ औँ राष्ट्रिय विज्ञान दिवस मनाइँदै

 असोज १, २०८० सोमबार ७:७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज ११ औँ राष्ट्रिय विज्ञान दिवस मनाइँदैछ । ‘विज्ञान साक्षरता र उद्यमशीलता सबल अर्थतन्त्रको आधारशिला’ भन्ने नाराका साथ राष्ट्रिय विज्ञान दिवस मनाउन लागिएको हो । हरेक वर्ष असोज १ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो दिवस मनाउँदै आएको छ । 

नेपालमा विज्ञान शिक्षामा अमृत साइन्स क्याम्पसको स्थापना दिवसको अवसर पारेर विज्ञान दिवस मनाउन थालिएको हो । राष्ट्रिय विज्ञान दिवस प्राध्यापक, वैज्ञानिक, अनुसन्धानकर्ता, नवप्रवर्तक, उद्यमी, शिक्षक तथा विद्यार्थीलगायत विज्ञान प्रविधि प्रेमी सबैमा उत्साहको दिन रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

शिक्षा मन्त्रालयका सह–सचिव विश्वबाबु पुडासैनीले यो वर्ष विज्ञान प्रविधि तथा नवप्रवर्तन प्रवद्र्धन गर्ने संघ र संस्थाहरुले विभिन्न कार्यक्रम गरेर दिवस मनाउन लागेको जानकारी दिनुभयो । मुख्य कार्यक्रम राष्ट्रिय प्रकृति संरक्षण कोषको हलमा हुँदैछ ।

सरकारले यो आर्थिक वर्षमा अनुसन्धान र नवप्रवर्तनका लागि छुट्टै कोष स्थापना गर्न एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । कोष सञ्चालनका लागि मन्त्रालयले अनुसन्धान र नवप्रवर्तनसम्बन्धी कानुनी व्यवस्था गर्न विधेयकको मस्यौदालाई अन्तिम रुप दिने प्रकृया अगाडि बढाएको छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया