आजदेखि रातमा काठमाण्डौ प्लाजामा निःशुल्क पार्किङ गर्न सकिने
मंसिर ७, २०८१ शुक्रबार
सर्लाही – सर्लाहीको रामनगर गाउँपालिकामा गएको मंगलबार भएको घटनाको विरोधमा नेपाली कांग्रेसले आन्दोलनको घोषणा गरेको छ ।
बिहीबार विज्ञप्ति जारी गर्दै दोषीलाई कारवाहीको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । शुक्रबार सदरमुकाम मलङ्गवामा रहेको पार्टी कार्यालयमा बसेको जिल्ला कार्य समितिको आकस्मिक बैठकले गोलीकाण्डको घटनामा पार्टीले राखेका चार मागमध्ये कुनै पनि सम्बोधन नभएको भन्दै आन्दोलन घोषणा गरिएको हो । नेकपाका कार्यकर्ताले गोली प्रहार गर्दा आफ्ना कार्यकर्ता रामविलास महतोको ज्यान गएको कांगे्रसले आरोप लगाउँदै आएको छ ।
घटनापछि रुष्ट बनेको कांगे्रसले मृतकलाई शहिद घोषणा गर्नुपर्ने, मृतकका परिवारलाई उचित राहतको व्यवस्था गर्नुपर्ने, गोलीको छर्रा लागेर घाइते भएकाहरुको सरकारले निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने र घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने कांगे्रसले माग राखेको छ ।
आफूहरुले राखेका माग पूरा गराउन स्थानीय प्रशासनले कुनै पहल नगरेकाले आन्दोलनको आकस्मिक बैठक बसेर आन्दोलनका कार्यक्रम घोषणा गरिएको कांगे्रस सर्लाहीका सभापति नागेन्द्रकुमार रायले जानकारी दिनुभयो ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सर्लाहीले भने घटनामा आफ्ना कार्यकर्ताको संलग्नता नरहेको दावी गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।