रास्वपाकाे राजनीतिक मार्ग– पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन ...
मंसिर १३, २०८० बुधबार
काठमाण्डाै – शिक्षकहरूकाे आन्दाेलनका कारण सडकका दुबाे र रुखबिरुवामा क्षति पुगेपछि काठमाण्डाैका मेयर बालेन्द्र शाहले कटाक्ष व्यक्त गर्नुभएकाे छ ।
संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकप्रति असन्तुष्टि जनाउँदै देशैभरका विद्यालय बन्द गरेर शिक्षकहरूले काठमाण्डौमा आन्दोलन गरिरहेका छन् । त्यही क्रममा आज बिहीवार माइतीघर क्षेत्र सडकका दुबाे र रुखबिरुवामा क्षति पुगेपछि मेयर शाहले सामाजिक सञ्जालमार्फत कटाक्ष व्यक्त गर्नुभएकाे हाे ।
शाहले महाकवि लक्ष्मीप्रसाद देवकाेटाकाे कविता सम्झिँदै कटाक्ष गर्नुभएकाे हाे । उहाँले फेसबुकमा लेख्नुभएकाे छ–
नटिप्नु हेर कोपिला
नचुँड्नु पाप लाग्दछ
नच्यात्नु फूल नानी हो
दया र धर्म भाग्दछ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा