पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
अर्घाखाँची - अर्घाखाँचीको नेवार समुदायमा प्रचलित ऐतिहासिक एवम् मौलिक भैरव नाच गएरातिदेखि शुरु भएकाे छ । भूमिकास्थान नगरपालिका-८ काे हटिया बजारमा शुरु भएकाे याे नाच हेर्न हजाराैँ दर्शककाे उपस्थिति रहेकाे थियाे । लाेपाेन्मुख मानिएकाे भैरव नाच अन्य समुदायबीचमा पनि लोकप्रिय छ।
भैरव नाच सात पटकसम्म नाचिन्छ । भैरवको स्वरुपमा हुने यस नाचका नर्तकलाई भगवानको प्रतिकका रुपमा पूजा गरिन्छ।
पुरुष नर्तकले महिलाको भेषमा श्रृङ्गार गरेको हुन्छ। यसको स्पष्ट स्वरुप नखुले पनि भैरव नाचको अभिन्न अङ्गका रुपमा रहँदै आएको छ। तीन वटै भैरव आफ्नो भूमिकाअनुसारका रङमा श्रृङ्गार गरी भगवानको विशाल आकृति निर्माण गरिने लात्तेबाज भैरव नाच संरक्षण समिति तथा भूमिकास्थान नगरपालिका-८ का वडाअध्यक्ष राजकुमार श्रेष्ठले बताउनु भयाे ।
धार्मिक आस्थासँगै रोचक मानिए पनि नयाँ पुस्ताको चासो घट्दै जाँदा यो नाच लोप हुने स्थितिमा पुगेकाे श्रेष्ठले बताउनु भयाे । अर्घाखाँचीभित्र मात्रै नभइ गुल्मी, प्युठान, पाल्पा, कपिलवस्तु, रुपन्देहीलगायत जिल्लामा पनि याे नाच लाेकप्रिय मानिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।