दाङमा नव दम्पतीद्वारा विवाह खर्च कटाएर विद्यालयमा अक्षयकाेष स्थापना

 असोज ५, २०८० शुक्रबार ११:३४:१ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा एक नव दम्पतीले आफ्नो विवाह खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

दाङको बङ्गलाचुली गाउँपालिका वडा नं १ स्युजाका गणेश विश्वकर्मा र पवित्र राईले विवाहको उपलक्ष्यमा श्री महेन्द्र माध्यमिक विद्यालय स्युजामा ५० हजार राशिको अक्षयकोष स्थापना गर्नुभएको हो।

विद्यालयको वार्षिक परीक्षामा सर्वोत्कृष्ट हुने एक-एक जना छात्र/छात्रालाई प्रत्येक वर्ष जेहेनदार छात्रवृत्ति प्रदान गर्ने उद्देश्यकासाथ आफूहरुले अक्षय कोषको स्थापना गरेकाे उनीहरुले बताएका छन् ।

विवाहमा हुने खर्च कटौती गरेर गणेश-पवित्रा वैवाहिक अक्षयकोष स्थापना गरिएकाे विश्वकर्माले बताउनु भयाे । उनीहरुले  दाङ जिल्ला अदालतबाट अदालती विवाह गरेका हुन् । 

 

अन्तिम अपडेट: कात्तिक १६, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया