बुद्ध एअरले भारतको वाराणसीमा उडान थप्यो
असोज २, २०८१ बुधबार
काठमाण्डाै - आज कोशी, मधेस र गण्डकी प्रदेशको केही ठाउँमा ठूलाे पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको र नेपालमा भारतको झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेकाले केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, मधेस र लुम्बिनी प्रदेशको केही ठाउँमा हावाहुरीको सम्भावना समेत रहेको छ । अहिले देशभर सामान्य बदली रहेको छ । केही ठाउँमा सामान्य पानी परिरहेको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।
कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँ र देशका बाँकी भू–भागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । कोशी, मधेस र बाग्मती प्रदेशका एक/दुई ठाउँमा राति पनि ठूलाे पानी पर्ने सम्भावना रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।