फ्लाइअाेभरकाे तारमा झुण्डिएर छिनभरमै भुर्इ‌ँमा बजारिए यी युवक

 कात्तिक १६, २०७५ शुक्रबार २१:४:१६ | एजेन्सी
unn.prixa.net

बिहीबार अपराह्न मुम्बइको क्राउफोर्ड मार्केटनजिक जेजे फ्लाइओभरमाथि करिब २० मिटर अर्थात ३ तल्लाजति उचाइमा रहेकोे तारमा दुवै हातले समातेर एकजना मान्छे झुण्डिरहेको देखियो ।

बटुवा तथा पसलेहरुले त्यो मान्छेले सन्तुलन गुमाउन नथालुञ्जेल यसलाई कुनै स्टण्ट भन्ने ठानेर हेरि मात्र रहेका थिए । तर वास्तविकता अर्कै थियो र त्यो थाहा पाउञ्जेल उसलाई सहयोग गर्न निकै ढिला भैसकेको थियो । हेर्दाहेर्दै ती व्यक्तिको हात फुस्कियो र उनी भुईंमा बजारिए ।

उनी थिए ३८ वर्षीय जब्बर जावेद अशरफ । भुईंमा बजारिँदा उनको हात खुट्टा भाँचियो र उनलाई तत्कालै स्थानीय जीटी हस्पिटलमा भर्ना गरियो ।

अशरफले प्रहरीलाई आफू किन जेजे फ्लाइओभर पुलमा चढेँ भन्ने कुरा सम्झना नभएको बताए । उनको विस्तृत विवरण रेकर्ड गर्नस्वास्थ्यका हिसाबले उनी सबै कुराहरु सम्झेर भन्न सक्ने अवस्थामा नरहेको प्रहरीको भनाई छ ।

उसको हर्कत देख्ने धेरै दर्शकहरुले उनी फ्लाइओभरमा अडेस लागेको देखि तारमा झुण्डिउञ्जेलसम्मको करिब एक मिनेटको थुप्रै बयान सुनाए ।

एक जना पसलेले भने, ‘हामीले पहिले उसले स्टण्ट गर्न लागेको भन्ठान्यौं । ऊ भुईंमा बजारिँदैछ भन्ने थाहा पाएको भए हामी कपडा वा जाली लिएर तल बस्थ्यौं ।’

प्रहरीका डेपुटि कमिश्नर ज्ञानेश्वर चवनले भने,‘ उसले हामीलाई आफू किन फ्लाइओभरमा चढेको र हामफालेको भन्ने सम्झिन नसकोको बताए ।’

जीटी हस्पिटलका ड्युटीमा खटिएका डाक्टरले भने,‘प्रारम्भिक जाँच अनुसार ती व्यक्ति विगतमा लागुऔषध दुव्र्यसनी रहेको देखिएको छ । उनको दुइ ठाउँमा हड्डी भाँचिएको भए पनि टाउकोमा कुनै चोट लागेको छैन ।’

 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया