तालिबानका ‘गडफादर’ मौलाना समी उल हकको हत्या

 कात्तिक १७, २०७५ शनिबार ७:२:४ | एजेन्सी
unn.prixa.net

पाकिस्तानमा जमियत उलेमा–ए–इस्लामका शाखाका प्रमुख मौलाना समी उल हकको रावलपिण्डीमा रहेको आफ्नै घरमा हत्या गरिएको छ । 

मौलाना समी उल हकलाई पाकिस्तानमा तालिबानको जनक पनि मानिन्छ । उनी एक प्रभावशाली धर्मगुरु रहेका थिए । उनले हजारौँ तालिबानी लडाकूलाई तालिम पनि दिएका थिए ।

पाकिस्तानी प्रहरीका अनुसार शुक्रबार साँझ उनकै घरमा पसरे आक्रमणकारीहरुले आक्रमण गरेका थिए । 

मौलाना समी उल हक ८० वर्ष नाघिसकेका थिए । उनी सन् १९८८ देखि दारुल उलूम हक्कानियाका अध्यक्ष रहेका थिए । यो मदरसाबाट हजारौँ तालिबानी लडाकूले इस्लामिक शिक्षा हासिल गरेका थिए ।

सन् १९९० को दशकमा उनको मदरसालाई अफगानी जिहादीको नर्सरी भनिन्थ्यो । राजनीतिक विश्लेषकहरुका अनुसार मौलाना समी उल हक तालिबानका प्रभावशाली नेता थिए । 

मौलाना समी उल हकले मुल्ला उमरलाई आफ्नो उत्कृष्ट छात्रको रुपमा लिएका थिए । उमरलाई उनले ‘स्वर्गबाटै आएका दूत’ रुपमा लिएका थिए । यसै वर्ष पाकिस्तानमा भएको आम चुनावमा मौलाना समी उल हकले सत्तारुढ दल तहरीक–ए–इन्साफ पार्टीको समर्थन गरेका थिए ।

एकदमै प्रभावशाली धर्मगुरु मौलाना समी उल हकको हत्या संवेदनशील समयमा भएको बताइएको छ । इशनिन्दाको आरोपमा जेलमा रहेकी इसाई युवती आसिया बिबीलाई रिहा गरिएपछि पाकिस्तानमा विभिन्न धार्मिक समूहले प्रदर्शन गर्दै आएका छन् । मौलानाका परिवारका अनुसार उनी पनि प्रदर्शनमा सहभागी हुन चाहन्थे तर प्रहरीले रोकेपछि उन घर फर्किएका थिए । 

मौलाना समी उल हकको जन्म १९३६ मा अकोरा खट्टाकमा एक धार्मिक परिवारमा भएको थियो । 
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया