खोटाङको रावाबेँसीमा कृषिजन्य सामग्री सङ्कलन केन्द्र स्थापना

 असोज १०, २०८० बुधबार ११:२०:१२ | दमन राई
unn.prixa.net

फाइल तस्बिर

खोटाङ – खोटाङको रावाबेँसी गाउँपालिका–५ दुबेकोलमा कृषिजन्य सामग्री सङ्कलन केन्द्र स्थापना गरिएको छ । वडामा उत्पादित कृषि उपज बिक्रीका लागि बजारको सुनिश्चितता गर्दै किसानलाई उत्पादनमुखी र आत्मनिर्भर बनाउने लक्ष्यका साथ दुबेकोलमा कृषिजन्य सामग्री सङ्कलन केन्द्र स्थापना गरिएको हो ।

वडा कार्यालयको पहलमा ४८ प्रकारका कृषि उपज खरिद गर्ने र बिक्री गर्ने मूल्य निर्धारण गरेर कृषिजन्य सामग्री सङ्कलन केन्द्र सञ्चालनमा ल्याइएको वडाध्यक्ष मनकुमार गुरुङले बताउनुभयो । तोकिएको मूल्यसूची अनुसार सङ्कलन केन्द्रले कृषि उपज खरिद गर्ने र बिक्री गर्ने तथा बढी भएको कृषि उपज अन्यत्र लगेर बिक्रीका लागि वडा कार्यालयले सहयोग गर्ने उहाँले बताउनुभयो ।

कृषिजन्य सामग्री सङ्कलन केन्द्रमा वर्षमा एक लाखभन्दा धेरैको कृषि उपज बिक्री गर्ने किसानको तथ्यांक सङ्कलन गरेर पुरस्कृत गर्ने तयारी छ । कृषि सङ्कलन केन्द्रबाट स्थानीयस्तरमा उत्पादित कृषिवस्तुलाई बिक्रीका लागि टाढाका बजारमा लैजानुपर्ने बाध्यतालाई ध्यानमा राखेर गाउँमै बिक्री गर्ने वातावरण बनाउने र किसानको समयको बचत पनि हुनेछ ।

गाउँपालिकामा चिस्यान केन्द्र बन्दै गरेको अवस्थामा वडामा खपत नभएका कृषि उपजलाई त्यहि चिस्यान केन्द्रसम्म लैजाने लक्ष्य राखिएको छ । कृषिजन्य सामग्री सङ्कलन केन्द्र स्थापनाले वडामा उत्पादित कृषि उपजले उचित मूल्य पाउने आशा पलाएको स्थानीय कृषक विक्रम घिमिरेले बताउनुभयो । वडा कार्यालयमा गएको भदौ ५ गते गरिएको भेलाले कृषि उपजको खरिद गर्ने र बिक्री गर्ने मूल्य निर्धारण गरेको थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया