इस्तानबुल डर्बी रणभूमिमा परिणत : मैदानमा मुक्का प्रहारदेखि घाँटी थिच्नेसम्मका घटना

 कात्तिक १७, २०७५ शनिबार १०:११:११ | एजेन्सी

टर्कीको शीर्ष डिभिजन लिगअन्तर्गत इस्तानबुल डर्बी खेलमा अराजकताको अवस्था देखिएपछि रेफ्रीले खेल सकिनुअघि तीन जना खेलाडीलाई रातो कार्ड देखाएका छन् ।

गलातासारे र फेनरबाचेबीच भएको खेलमा दुई टिमका खेलाडी हात हालाहालको अवस्थामा पुगेका थिए । गलातासारेको टर्क टेलिकम एरेनामा भएको खेलमा रायन डंक र मार्टिन लिनेसको गोलबाट घरेलु टिमले लिएको दुई गोलको अग्रतामा फेनरबाचेले पुनरागमन गर्दा माथियु भाल्बुएना र जेइलसनले गोल गर्दै खेल २–२ को बराबरीमा पुर्‍याएका थिए । 

खेलको अन्तिम समयका खेलाडीबीच मैदानमै झगडा भएपछि गलातासारेका बाडोउ एनदाई,तथा फेनरबाचेका रोबर्टो साल्डाडो र जेइलसनलाई रातो कार्ड देखाइएको थियो । 

२५ यार्ड टाढाबाट ७२औं मिनेटमा जेइलसनले बराबरी गोल गरेपछि खुसियाली मनाउने क्रममा घरेलु समर्थकलाई जिस्काएका थिए । 

त्यसपछि गलातासारेका अधिकांश खेलाडीले उनलाई लखेटेर मुक्का हानेका थिए । त्यसपछि उनी भागेर ड्रेसिङ रुमतर्फ भागेका थिए । तर पनि उनलाई गलातासारेका खेलाडीले लखेट्न छोडेनन् । 

यसबीचमा एनदाईले फेनर्बाचेका जेइलसनको घाँटीमा मुक्का हानेपछि उनलाई रातो कार्ड देखाइएको थियो । यो झगडामा रोबर्टो सोल्डाडोले युनेस बेलहान्दाको घाँटीमा समातेका थिए भने मार्टिन स्क्रटेलले मुक्का प्रहार गरे । 

मैदानमा झगडा भएपछि दर्शकहरु पनि एक–अर्काप्रति आक्रामक बनेका थिए । जसलाई प्रहरी नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीले कसरत गर्नु परेको थियो । एक जना समर्थक मैदानसमेत छिरे  तर प्रहरीले उनलाई नियन्त्रणमा लियो ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया