पेरिस मास्टर्स टेनिसको सेमिफाइनलमा जोकोभिच र फेडरर प्रतिस्पर्धा गर्दै

 कात्तिक १७, २०७५ शनिबार ११:१७:३८ | एजेन्सी
unn.prixa.net

पेरिस मास्टर्स टेनिसको सेमिफाइनलमा चर्चित प्रतिद्वन्द्वी नोभाक जोकोभिच र रोजर फेडररबीच प्रतिस्पर्धा हुने भएको छ ।

शुक्रबार राति भएको खेलमा जोकोभिचले क्रोयसियाका मरिन सिलिचलाई हराउँदै सेमिफाइनलमा पुगे भने फेडररले की निसिकोरीलाई पाखा लगाए ।

पेरिसमा भएको खेलमा दोस्रो वरीयताका जोकोभिचले सिलि विरुद्ध एक सेटले पछि परेको अवस्थामा कमब्याक गरे । दुई घण्टा १२ मिनेट कोर्टमा बिताएका जोकोभिचले पहिलो सेट ४–६ ले गुमाएका थिए ।

तर त्यसपछि उत्कृष्ट कमब्याक गरेको जोकोभिचले दोस्रो सेट ६–२ ले जिते भने तेस्रो सेट ६–३ ले आफ्नो पक्षमा पारे । तेस्रो सेटमा पनि दुई–एकले पछि परेको अवस्थामा खेलमा फकिएका थिए ।

यस्तै अर्को खेलमा स्विस खेलाडी फेडररले जापानी खेलाडी की निसिकोरीविरुद्ध दुई–शून्यको सहज जित निकाले ।

अष्ट्रेलियन च्याम्पियन फेडररले १० औँ वरीयताका निसिकोरीविरुद्ध पहिलो सेट ६–४ ले जितेका थिए भने दोस्रो सेटमा पनि ६–४ ले नै विजयी भएका थिए । अघिल्लो साता स्विस इन्डोरको उपाधि जित्दै उपाधि संख्या ९९ औँ पुर्याएका फेडररले यो प्रतियोगिता जितेमा उपाधिमा शतक बनाउनेछन ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया