चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा
मंसिर ७, २०८१ शुक्रबार
चितवन - नारायणगढ मुग्लिन सडकखण्ड निर्माणको काम सकिए पनि पहिरोको चिन्ता कायमै छ ।
३३ दशमलव २ किलोमिटर लामो सडकखण्डमध्ये १७ दशमलव १ किलोमिटर सडक विस्तारका लागि पहाड काटिएको थियो । काटिएको पहाडबाट पहिरो झर्ने जोखिम रहेकाले पहिरो नियन्त्रणको काम भइरहेको सडक विस्तार आयोजनाले जनाएको छ ।
सडकखण्डको १८ ठाउँमा पहिरोको जोखिम रहेको पहिचान गरी ती ठाउँमा पहिरो नझर्ने हिसाबले दुईवटा निर्माण कम्पनीले काम गरिरहेका छन् ।
दासढुङ्गादेखि चोरखोलासम्म न्यू टेक्निकल हाई-हिमालयन जेभीलाई ६ करोड रुपैयाँमा र चोरखोलादेखि मुग्लिनसम्म न्यू टेक्निकल हाई-हिमालय हिमसगरमाथा जेभीलाई ८ करोड रुपैंयामा पहिरो खस्नबाट रोक्न गर्नुपर्ने काम गर्ने जिम्मा दिईएको आयोजनाले जनाएको छ ।
आयोजनाका इन्जिनियर शिव खनालले सडक क्षेत्रमा चट्टान, साना ढुंगा, माटोको ढिस्को र गेग्रान खस्न सक्ने उच्च जोखिम रहेकाले पहिरो नियन्त्रण गर्न नयाँ प्रविधिसहित काम गरिरहेको जानकारी दिनुभयो ।
जोखिम कम गर्न दुईवटा ढुंगा जोड्ने, ढिस्को मिलाउने, भित्तोमा कुलो बनाएर पानी तर्काउने लगायत काम भइरहेको छ ।
यस्तै, उच्च जोखिम रहेका ६ ठाउँमा चट्टान झर्न नदिने संरचना निर्माण, जोडले सिमेण्ट फालेर जमाउने, ग्याबेन जाली लगाएर पहिरो रोक्ने लगायत काम भइरहेको खनालले जानकारी दिनुभयो ।
खनालले पानी परेपछि काम गर्न नमिल्ने भएकाले वर्षाको मौसम अघि नै काम सक्ने गरी काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
गतवर्ष बर्षातको समयमा सडकखण्डमा ठाउँठाउँमा पहिरो खसेर ठूलो जनधनको क्षति भएपछि आयोजनाले अहिले समयमै पहिरो नियन्त्रणको काम सुरु गरेको छ ।
पहिरो नियन्त्रणको लागि काम गर्न २ सय १५ जना कामदारले दैनिक काम गरिरहेको आयोजनाले बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।