काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
कास्की - पोखरा प्रिमियर लिगको सोझै फाइनलमा पुग्ने मौका पाएको चितवनले विराटनगर टाइटन्सबाट एक सय ४६ रनको लक्ष्य पाएको छ ।
पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगरले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ४५ रन बनायो । निकै राम्रो सुरुवात गरेको विराटनगरले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गर्न सफल भयो ।
यो प्रतियोगितामा विराटनगरको यो अहिलेसम्मकै उच्च साझेदारी हो । पाकिस्तानी खेलाडी मुहम्मद जेइद आलम अर्धसतक बनाइ आउट भएपछि विराटनगरले पहिलो विकेट गुमायो ।
उनले ४७ बलमा छ चौका र दुई छक्का प्रहार गरे । त्यसपछि सुनिल धमला ब्यक्तिगत ४७ रनमा आउट भएपछि विराटनगरले एक सय १५ रनमा दोस्रो विकेट गुमायो ।
लगत्तै प्रदिप ऐरी पनि आउट भएपछि विराटनगरले तेस्रो विकेट खेर फाल्यो । पारीको अन्त्यतिर विराटनगरले एकपछि अर्को विकेट गुमायो । प्रदिप ऐरी ११ रनमा आउट भए भने एण्ड्र्यु सुविक्सन चार रनमा पेभेलियन फर्किए । यस्तै राजु रिजाल पनि मात्र ६ रनमा आउट भए ।
चितवनका लागि पारस खड्का र स्मित पटेलले दुई दुई विकेट लिए ।
दाेस्राे पारी भर्खरै सुरु भएकाे छ भने चितवन राइनाेज यतिबेला १ अाेभरकाे समाप्तिमा एक विकेट गुमाउँदै ६ रन बनाएर खेलिरहेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।