कसरी देखिदैँछ फेसबुकमा 'ब्लु टिक' ?

 असोज १४, २०८० आइतबार २०:३०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – फेसबुकले मेटा भेरिफाइड सुविधा ल्याएसँगै तपाईँहरूले फेसबुकमा जताततै 'ब्लु टिक' भएका भेरिफाइड प्राेफाइलहरू देख्नु भएकाे हाेला । मेटा भेरिफाइड फेसबुकले सार्वजनिक गरेकाे यस्ताे सुविधा हाे जसमा प्रयोगकर्ताले मासिक ८ डलर (१ हजार ६६ रुपैयाँ) तिरेर 'ब्लु टिक' पाउने गर्छन् ।

कसले पाउने ?

फेसबुकले निःशुल्क दिने 'ब्लु टिक' सेलिब्रेटी, नेता अथवा अन्य बहुचर्चित व्यक्तिहरूले पाउँथे भने 'मेटा भेरिफाइड' शुल्क तिरेर जो कसैले पनि लिन मिल्छ ।

सेलिब्रेटीले पाउने र मेटा भेरिफाइड बाट पाउने टिक एउटै हो त ? हाेइन । फेसबुकले सेलिब्रेटिलाई दिने टिक निःशुल्क र लाइफटाइम हुन्छ भने मेटा भेरिफाइड सःशुल्क हुन्छ जसमा मासिक ८ लडर मेटालाई तिर्नुपर्ने हुन्छ । पैसा नतिरे टिक हट्ने गर्दछ ।

फेसबुकले आधिकारिकता हेरेर दिने टिक पाउन निकै मुस्किल छ, फेसबुकले थुप्रै कुरामा ध्यान दिएर मात्रै पेज अथवा प्रोफाइललाई टिक दिएको हुन्छ । जस्तै: सम्बन्धित व्यक्तिकाे बारेमा सञ्चारमाध्यममा आएका समाचार, फलाेअर, अकाउन्टकाे सक्रियता आदि ।

यस्तै निःशुल्क टिक दिएको खातामा कुनै पनि प्रतिबन्ध हुँदैन तर मेटा भेरिफाइडमा भने विभिन्न प्रतिबन्ध लगाइएको हुन्छ । जस्तै: महिनामा एक पटक मात्रै प्रोफाइल फोटो परिवर्तन गर्न मिल्छ जसलाई मेटाले अनुमाेदन गर्ने गर्छ । यस्तै अकाउन्ट नाम, प्रयाेगकर्ताकाे नाम परिवर्तन गर्न मिल्दैन ।

मेटा भेरिफाइडबाट प्राप्त हुने ब्लु टिक भने व्यक्तिगत फेसबुक वा इन्स्टाग्राम प्रोफाइलमा मात्र लिन सकिन्छ, फेसबुक पेजमा भने लिन सकिँदैन ।

सेलिब्रेटीले ब्लु टिक कसरी पाउने ?

सेलिब्रेटीले ब्लु टिक पाउनका लागि आवेदन दिनुअघि बुझ्नुपर्ने कुराहरू:- यो टिक फेसबुकले राष्ट्रिय सञ्चारमाध्यममा आएका समाचार, पेज/प्रोफाइलको सक्रियता, पेजमा भएका फलोवर, गुगलमा सम्बन्धित व्यक्तिकाे नामबाट आउने परिणाम आदिलाई हेरेर दिने गर्दछ । यदि यी सबै कुरा पुग्छ भने तपाईँले https://www.facebook.com/help/contact/295038365360854 मा गएर आवेदनमा मागेअनुसारको जानकारीहरू दिएर भेरिफिकेशन प्राप्त गर्न सक्नुहुन्छ । याे आवेदन बुझाएको १ देखि ४८ घण्टाभित्र फेसबुकले मेल र नोटिफिकेशन मार्फत आवेदन स्वीकृत भएको वा नभएकोबारे बताउने गर्दछ । साथै आवेदन स्वीकृत नभएको खण्डमा ३० दिनपछि पनि आवेदन दिन मिल्छ ।

मेटा भेरिफाइड कसरी पाउने ?

फेसबुकले धेरैजसो देशमा यो सेवा दिए पनि नेपालमा भने सबै प्रोफाइलमा आइसकेको छैन । सो सेवा लिन आफ्नो प्रोफाइलकाे थ्री डटमा गएर मेटा भेरिफाइड विकल्पले दिएकाे निर्देशनअनुसार ८ डलर बुझाएर, आफ्नो नागरिकता वा पासपोर्टको कपी बुझाएर सदस्यता लिन सकिन्छ । यदि तपाईँको प्रोफाइलमा यो विकल्प छैन र बाहिर देशबाट केही दिन सञ्चालन गर्ने हाे भने यो विकल्प उपलब्ध हुने गर्छ । मेटा भेरिफाइडको बारेमा थप बुझ्न https://facebook.com/help/1206202490291214/ याे लिङ्कमा जान सकिन्छ ।

सन्ताेष सापकाेटा : सापकाेटा सामाजिक सञ्जाल प्रबन्धक हुन् । सापकोटाले नेपाल र भारतका केही सेलिब्रेटीहरूको सामाजिक सञ्जाल प्रबन्धकका रूपमा काम गरिरहेका छन् ।

अन्तिम अपडेट: कात्तिक १७, २०८०

तपाईको प्रतिक्रिया