काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
मनाङ मर्स्याङ्दी क्लबले सिक्किममा जारी गभर्नर्स गोल्डकपको उपाधि जितेको छ ।
सिक्किममा शनिबार भएको फाइनलमा इन्डियन आर्मीमाथि १–० को जित निकाल्दै मनाङले उपाधि जितेको हो ।
सिक्किमको पल्जोर रंगशालामा भएको फाइनलमा ८१औं मिनेटमा सुजल श्रेष्ठले गरेको गोलनै निर्णायक भएको थियो । उनले पेनाल्टी मार्फत गोल गरेका थिए । सोही गोलको अग्रता अन्त्यसम्म जोगाए पछि मनाङले ३८औं गोल्डकपको उपाधि जित्न सफल भएको हो ।
मनाङ यसअघि २ पटक यस गोल्डकपको फाइनलमा पुगे पनि उपधि भने जित्न सकेको थिएन् ।
मनाङले २०१३ र २०१४ को फाइनल खेलेको थियो । यस पटक नेपालबाट मनाङ र विभागीय क्लब एपीएफ गभर्नर्स गोल्डकप खेल्न गएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।