खशाेग्गीकाे शव टुक्रा टुक्रा पारेर एसिडमा हालियाे : टर्कीका अधिकारी

 कात्तिक १७, २०७५ शनिबार १९:२९:१४ | एजेन्सी
unn.prixa.net

टर्कीका वरिठ अधिकारी यासिन आकतयको विचारमा पत्रकार जमाल खशाेग्गीको शवको टुक्राटुक्रा पारेर एसिडमा हालिएको हुनुपर्छ ।

उनका अनुुसार जमालको मृत्यु र शव नभेटिएकोमा यही नै एउटा तर्कपूर्ण निष्कर्ष हुन सक्छ । उनीहरुले खशाेग्गीको हत्या गरेर कुनै पनि प्रमाण नभेटिने गरी नष्ट गरे ।

यद्यपि, अहिलेसम्म यस्तो कुनै फोरेन्सिक प्रमाण फेला परेको छैन जसबाट उनको शव एसिडमा हालिएको सावित होस् ।

पत्रकार तथा लेखक जमाल खशाेग्गी

आकतायले स्थानीय हुर्रियत नामक पत्रिकालाई दिएको अन्तरवार्तामा भनेका छन्, ‘उनको मृत्यु र लाशको अवशेषसम्म पनि फेला नपारोस् भन्ने उदेश्यले उनीहरुले खशाेग्गीको लाशको टुक्रा पारेर एसिडमा हालेको हुनुपर्छ । ’

अर्दोआनले भने, ‘साउदीको हात’

टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनले पहिलो पटक साउदी अरब सरकारमाथि पत्रकार जमाल खशाेग्गीको हत्याको आरोप लगाएका छन् ।

टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआन

उनले वाशिंटन पोष्टमा लेखेका छन्, ‘हामीलाई थाहा छ कि खशाेग्गीको हत्याको आदेश साउदी सरकारको सर्वोच्च स्तरबाट आएको हो ।’

यद्यपि, उनले टर्कीसँग साउदी अरबको मैत्रीपूर्ण सम्बन्ध माथि जोड दिँदै भने कि उनी आफैंलाई यस घटनामा साउदी राजा सलमानको कुनै संलग्नता रहेको विश्वास छैन ।

साउदी राजकुमार मोहमद बिन सलमान

साउदीका राजकुमार मोहमद बिन सलमानले अमेरिकासँग भनेका थिए कि उनी जमाल खशाेग्गीलाई एउटा खतरनाक इश्लाम समर्थक मान्दछन् । अमेरिकी सञ्चारमाध्यममा यस्तो दावी गरिएको छ ।

राजकुमार मोहमदले ह्वाइट हाउसलाई गरेको भनिएको एउटा फोन सम्वादमा यसो भनेको बताइएको छ ।

पत्रकार तथा लेखक जमाल खशाेग्गीकी प्रेमिका

अमेरिकी पत्रिकाहरु द वाशिंटन पोष्ट र न्यूयोर्क टाइम्सका अनुसार त्यो फोन कल खशाेग्गी बेपत्ता भएभन्दा पछाडि तर साउदी अरबले उनको हत्याको आरोप स्वीकार्नुअघि गरिएको बताइएको छ ।

साउदी अरबले भने यो कुराको खण्डन गरेको छ ।

लेखक तथा पत्रकार जमाल खशाेग्गीको टर्कीमा रहेको सायदी वाणिज्य दूतावासमा हत्या गरिएको थियो ।

साउदी नागरिक खशाेग्गी अमेरिकामा बस्थे  र उतै सञ्चारमाध्यमहरुका लागि काम गर्थे । उनी साउदी सत्ता र सरकारको कट्टर आलोचकमध्ये एक थिए ।

अक्टोबर २ तारिखमा मारिएका उनको लाश अझै भेटिएको छैन । तर टर्की, अमेरिका तथा साउदी अरबले करिब एक महिनाअघि खशाेग्गीको टर्कीको इस्तानबुलमा रहेको साउदी दूतावासभित्र हत्या गरिएको स्वीकार गरिसकेका छन् । 


 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया