यू–१५ साफ च्याम्पियनसिपको उपाधि बंगलादेशलार्इ

 कात्तिक १७, २०७५ शनिबार १९:५९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - यू–१५ साफ च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ ।

एन्फा मैदान सातदोबाटोमा पाकिस्तानविरुद्धको फाइनल खेलमा पेनाल्टी शूट-आउटमा ३–२ गोलले विजयी हुँदै बंगलादेशले उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका थिए । २५औं मिनेटमा पाकिस्तानका किपर हसिब अहमद खानले आत्मघाती गोल गरेपछि बंगलादेशले सुरुआती अग्रता बनाएको थियो ।

पहिलो हाफमा आत्मघाती गोलले पछि परेको पाकिस्तानले ५५औं मिनेटमा बराबरी गोल गरेको थियो । पाकिस्तानका लागि महुब उल्लाह उल्लाहले गोल गरेका थिए । बंगलादेशी खेलाडीले डी-बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीमा उल्लाहले गोल गर्दै पाकिस्तानलाई खेलमा फर्काएका थिए ।

त्यसपछि निर्धािरित समयभित्र थप गोल नभएपछि खेलको नतिजा पेनाल्टी शूट-आउटबाट निकालिएको हो ।

यसअघि शनिबार नै भएको तेस्रो स्थानको खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको थियो । पहिलो हाफको १८औं मिनेटमा भारतका थलेचु बनलरु टफेचाले गरेको गोल नै निर्णायक भएको थियो ।

साफ च्याम्पियनसिपमा ६ टोलीको सहभागिता रहेको थियो ।

प्रतियोगितामा बंगलादेशका मोहम्मद निहत जमान उखास सर्वाधिक गोलकर्ता बने भने पाकिस्तानी किपर हसिब अहमद खान माेस्ट भ्यालूएबल प्लेयर बने ।

प्रतियोगिताका विजयी टिमलाई शनिबार नै विशेष समारोहबीच पुरस्कार प्रदान गरिएको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया