त्रिदेशीय टी–२० शृङ्खला : नेपालले पहिलाे खेलमा यूएईसँग खेल्ने

 असोज २४, २०८० बुधबार २०:२८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाल, यूएई र हङकङबीच हुने त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाकाे तालिका सार्वजनिक भएकाे छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज बुधवार शृङ्खलाकाे तालिका सार्वजनिक गरेकाे हाे ।

तालिकाअनुसार समूह चरणका खेल मूलपानी क्रिकेट मैदानमा र फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ । कात्तिक १ गतेदेखि शुरु हुने शृङ्खलाकाे फाइनल खेल कात्तिक १० गते हुनेछ ।

नेपालले आफ्नो पहिलो खेल कात्तिक १ गते यूएईसँग, दाेस्राे खेल कात्तिक २ गते हङकङसँग खेल्नेछ । यस्तै कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते फेरि यूएईसँग खेल्नेछ । शृङ्खलाकाे पहिलो खेल दिउँसो १ बजे र अन्य खेल बिहान ११ बजे शुरु हुने तालिका छ । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया