बाँकेकाे नेपालगञ्जमा आगलागी, सात वटा पसल जलेर नष्ट

 असोज २६, २०८० शुक्रबार ८:५९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके - बाँकेकाे नेपालगञ्ज उपमहानगरपालिका वीपीचाेकमा आज बिहान आगलागी हुँदा सात वटा पसल जलेर नष्ट भएकाे छ । 

विद्युत् चुहावट भइ आगलागी हुँदा  आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायत पसलकाे सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले पसलका प्रायजसाे सामान जलेकाे जानकारी दिनु भयाे ।  अहिले क्षतिको विवरण सङ्कलन भइरहेकाे उहाँले बताउनु भएकाे छ । 

नेपालगञ्ज उपमहानगरपालिकाको दमकल शाखा प्रमुख झइनबहादुर खड्काले आगाे निभाउन झन्डै दुई घण्टा लागेको बताउनुभयो । आगो निभाउन उपमहानगरपालिकाको तीन वटा र कोहलपुर नगरपालिकाको एउटा दमकल प्रयोग गरिएको खड्काले बताउनु भयाे । 
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया