प्रधानमन्त्रीको चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने, परराष्...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - आज ४३ औँ विश्व खाद्य दिवस, जीवन र खाद्यको आधार हो पानी भन्ने नाराका साथ मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको आह्वानमा हरेक वर्ष अक्टोबर १६ तारिखमा यो दिवस मनाइन्छ ।
विश्वभरि खाद्यान्न सङ्कट र भोकमरी विरुद्ध ऐक्यबद्धता जनाउँदै दिवस मनाइन्छ । नेपालमा सजिलै उत्पादन हुने गेडागुडी, मासु, तरकारी र फलफूल समेत आयातको सूचीमा छन् । नागरिकको आधारभूत खाद्य सुरक्षाको प्रत्याभूत गर्नु लोक कल्याणकारी राज्यको दायित्व हो ।
नेपालको संविधानमा खाद्यसम्बन्धी हकलाई मौलिक हकको रुपमा व्यवस्था गरिएको छ । तर, किसानलाई कृषि गर्न प्रोत्साहन नदिनु, उनीहरुले उत्पादन गरेका वस्तुले बजार नपाउनु तथा उत्पादन बढाउन पहल नहुनु जस्ता कारणले खाद्यान्नको आयात बढ्दो छ ।
यस्तै, जलवायु परिवर्तनलगायतका कारण विश्वमा खाद्य प्रणालीसहित मानव जीवनका आर्थिक, सामाजिकलगायत सबैजसो पक्षहरुमा असर परिरहेको छ । खेती श्रोतको कमी, मौसम प्रकोप र द्वन्द्वका लगायत कारणले विश्वमा अन्नपातको समस्या बढ्न थालेको छ ।
राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको पछिल्लो प्रतिवेदनका अनुसार, विश्वमा ८० करोड नागरिक पोषणयुक्त खानाबाट टाढा देखिएका छन् । दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खाद्य अधिकार र खाद्य सम्प्रभुता सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।