प्रधानमन्त्रीको चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने, परराष्...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - ललितपुरको खोकनामा लिच्छविकालीन इतिहास बोकेको १२ वर्षे रुद्रायणीदेवी मेला शुरु भएको छ ।
हिजोदेखि शुरु भएको मेला कात्तिक ४ गतेसम्म सञ्चालन हुन्छ । धार्मिक तथा तान्त्रिक महत्त्वको यो मेलाका लागि १४ देवको गुफा राख्ने काम यसअघि नै भइसकेको छ ।
गुफापछि १२ वर्षे मेला औपचारिक रुपमा शुरु हुने गर्छ । विशेष गरी खोकनाका बासिन्दाले मनाउँदै आएको मेलामा सिकाली, खड्क, रुद्रायणीलगायतको जात्रा देखाइन्छ । जात्रा अन्तर्गत आउँदो कात्तिक ३ गते शिकाली जात्रा हुने र ४ गते नाच प्रदर्शन गरिने श्रीरुद्रायणी गुठीले जनाएको छ ।
मेला अवधिभर खोकनामा जात्रा र देवीनाच प्रदर्शन गरिन्छ । १२ वर्षको अन्तरालमा आउने रुद्रायणी देवीको मेला विशेष रहेको ललितपुर २१ का वडाध्यक्ष रवीन्द्र महर्जनले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।