उपचुनाव : मौन अवधि शुरू, उल्लङ्घन गरेमा तत्काल कारबाही हुने
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – पश्चिमी वायुको प्रभावका कारण मध्य र पश्चिमी क्षेत्रका केही जिल्लामा पानी परिरहेको छ । पछिल्लो ३ घण्टामा बर्दियाको राजापुरमा सबैभन्दा धेरै २९ मिलिमिटर पानी परेको छ । यस्तै बैतडी, डोटी, अछाम, कालीकोट, कञ्चनपुर, डडेल्धुरा, बाँके, सुर्खेत, बाग्लुङ, म्याग्दी, कास्की, सिन्धुपाल्चोक, चितवन लगायतका जिल्लामा पनि हल्कादेखि मध्यम खालको वर्षा भएको छ ।
विशेषगरी आज (साेमवार) र भोलि (मङ्गलवार) सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै ठाउँमा वर्षाको सम्भावना छ । बाग्मती, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा पनि पानी पर्ने अनुमान छ ।
कोशी प्रदेशका तराई क्षेत्र र मधेस प्रदेशमा भने आज पानी पर्ने सम्भावना कम छ । यी क्षेत्रमा भोलि भने फाट्टफुट्ट वर्षा हुने अनुमान छ । पर्सि बुधवारदेखि भने मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।
यसपालि १३ दिन ढिला गरी नेपालबाट मनसुन बाहिरिएको थियो । मनसुन बाहिरिएलगत्तै पश्चिमी वायु भित्रिएकाले पानी पर्न थालेको मौसमविद्को भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।