सगरमाथा क्षेत्रमा सम्पर्कविहीन जर्मन नागरिक ५ दिनपछि फेला

 असोज २९, २०८० सोमबार २०:३३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

साेलुखुम्बु – सोलुखुम्बुको सगरमाथा क्षेत्रमा सम्पर्कविहीन जर्मन नागरिक ५ दिनपछि फेला परेका छन् ।

गएको शुक्रवारदेखि सोलुखुम्बुको खुम्बु क्षेत्रमा सम्पर्कविहीन बनेका जर्मन नागरिक डा. साखर गम आज साेमवार लबुचेमा फेला परेका प्रहरीले जनाएको छ । एक्लै खुम्बु भ्रमणमा आएका ७६ वर्षका गमलाई लबुचेमा रहेको एक होटलमा बिरामी अवस्थामा फेला पारिएको हो ।

गएकाे शुक्रवार काठमाण्डाैबाट जहाजमार्फत लुक्ला ओर्लिएका उनी सम्पर्कविहीन भएका भन्दै नेपालमा रहेकाे जर्मन दूतावासले सोलुखुम्बु प्रहरीलाई खबर गरेकाे थिए । त्यसपछि नेपाल प्रहरी, सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल मानव अधिकार सङ्गठन लगायतले खोजी गरेका थिए ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया