इजरायलबाट थप १८ जना नेपालीकाे उद्धार

 असोज ३०, २०८० मंगलबार १३:४०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले इजरायलमा रहेका थप १८ जना नेपालीको उद्धार गरेको छ । १० दिनअघि प्यालेस्टाइनको हमास लडाकु समूहले इजरायलमा आक्रमण गरेपछि नेपाल फर्किन चाहेका थप १८ जनालाई सरकारले भारतको नयाँ दिल्ली हुँदै नेपाल ल्याउन थालेको छ ।

आज (मङ्गलवार) उनीहरू स्पाइस जेटको विमानमार्फत भारतको नयाँ दिल्ली आउने र त्यहाँबाट नेपाली दूतावासको पहलमा सडक यात्रा हुँदै कैलालीको गौरीफण्टा नाका आइपुग्ने परराष्ट्रमन्त्री एनपी साउदले बताउनुभयो । भारतले आफ्ना नागरिकको उद्धार गर्न विमान पठाएको थियो, नेपालले कुटनीतिक पहल गरेर भारतीय नागरिकसँग १८ जना नेपालीको पनि उद्धार गरेको हो । नेपालीहरू भोलि बुधवार बेलुकासम्म कैलाली आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार उद्धार गरिएकाहरूमा नन्दसिंह भुल, सुजेन्द्र खड्का, प्रतिभा रौनियार, अनुमा डंगोल, हिना खाँण, आतिस गुरुङ, जुनु गुरुङ, मौसमी पाख्रिन, प्रतिमा तिम्सिना, राजकुमार मानन्धर, संगीता दुलाल, उर्मिला रावल, ममता थापा, दिलकुमारी अधिकारी कार्की, निश्चल श्रेष्ठ, समिता बस्नेत, अम्बिका सुवेदी, सिरता गुरुङ र उर्मिला श्रेष्ठ रहेका छन् ।

सरकारले यसअघि नेपाल एअरलाइन्सको जहाज पठाएर दुई सय ५४ जना नेपालीको उद्धार गरेको थियो । पढाइ र रोजगारीका लागि इजरायलमा झन्डै पाँच हजार जना नेपाली रहेकामा पाँच सय तीन जनाले देश फर्किन चाहेको भन्दै आवेदन दिएका छन् ।

*इजरायलबाट उद्धार गरिएका नेपालीकाे सङ्ख्या १८ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएकाे छ– सम्पादक ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया