चट्याङ लागेर लमजुङमा १८ वटा भेडाबाख्रा मरे

 असोज ३०, २०८० मंगलबार २०:३३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

लमजुङ – चट्याङ लागेर लमजुङमा १८ वटा भेडाबाख्रा मरेका छन् । मर्स्याङ्दी गाउँपालिका–५ सञ्जापुमा रहेकाे भेडीगोठमा आज मङ्गलवार दिउँसो १ बजेको समयमा चट्याङ लागेर स्थानीय किसानका १८ वटा भेडाबाख्रा मरेका जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिनुभयो ।  

उहाँका अनुसार चट्याङबाट स्थानीय धनराज घलेका तीन वटा बाख्रा र १० वटा भेडा मरेका छन् । यस्तै सुकुमराशी गुरुङका तीन वटा बाख्रा र दुई वटा भेडा मरेका  छन् ।

चट्याङबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक चपाईले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया