उपचुनाव : मौन अवधि शुरू, उल्लङ्घन गरेमा तत्काल कारबाही हुने
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – आज पनि उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण वर्षासँगै हिमपात हुन थालेको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार पानी परेका उच्च पहाडी र हिमाली क्षेत्रमा अस्तिदेखि हिमपात भएको छ ।
मुस्ताङ, मनाङ, उपल्लो डोल्पा लगायतका क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण अन्नपूर्ण पदमार्गमा पदयात्रामा हिँडेका आन्तरिक एवम् बाह्य पर्यटक समस्यामा परेका छन् । समयमा हिमपात हुँदा किसान भने दंग परेका छन् । समयमा नै हिमपात हुँदा बालीनालीलाई फाइदा पुग्ने र उत्पादन बढ्ने स्थानियबासिन्दाले बताएका छन् ।
हिमपात भएपछि याक, चौँरीलाई घाँस पनि राम्रोसँग पलाउने स्थानीयबासिन्दा बताउँछन् । पोहोर ढिलो गरी हिमपात हुँदा खेतीबालीलाई पानीको अभाव भएको थियो । यसवर्ष चाँडो हिमपात भएकाले हिउँदेबालीलाई फाइदा हुने किसानको अपेक्षा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।