उपचुनाव : मौन अवधि शुरू, उल्लङ्घन गरेमा तत्काल कारबाही हुने
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – हिजो एकै दिन झण्डै एक लाख यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाका कलंकी, बालाजु, बल्खु, कोटेश्वरलगायत नाकाबाट ९१ हजार एक सय दुई जना यात्रु बाहिरिएका छन् । यो अवधिमा उपत्यका भित्रिनेको संख्या भने ५७ हजार ५ सय १ रहेको महाशाखाले जनाएको छ ।
यस्तै, अस्तिदेखि हिजो बिहानसम्म झण्डै ७४ हजार जना गाउँ घर फर्किएका छन् । यो अवधिमा ४४ हजार यात्रु उपत्यका आएका थिए । घटस्थापनादेखि अहिलेसम्म झण्डै साढे दुई लाख जना गाउँ घर फर्किएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अनुमान छ । स्कुल कलेज बिदा भएसँगै गाउँ घर फर्किनेको संख्या बढिरहेको छ ।
खासगरी कलंकी, बल्खु र कोटेश्वरमा गाडी र यात्रुको चाप बढेको छ । गाडीमा सीट नपाउने समस्या यसपालि पनि दोहोरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बसको अग्रिम टिकट बुकिङ खुला गरेर यात्रालाई व्यवस्थित बनाउने प्रयास गरेको दाबी गरिरहे पनि त्यसो हुन सकिरहेको छैन ।
अग्रिम टिकट पाउन समेत यात्रुलाई सास्ती छ । यस्तै, दशैँ शुरु भएसँगै गाउँघरमा पनि चहलपहल बढेको छ । कामका लागि देश बाहिर रहेका र देश भित्र पनि शहरी क्षेत्रमा बस्दै आएकाहरु घर फर्किएसँगै चहलपहल बढेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।