काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
अष्ट्रेलियाविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिका ६ विकेटले विजयी भएको छ ।
अष्ट्रेलिया भ्रमणमा रहेको दक्षिण अफ्रिकाले पर्थमा घरेलु टोलीलाई ३८.१ ओभारमा १५२ रनमा अल अाउट गरेकाे थियो । सुरुदेखि दबाबमा आएको अष्ट्रेलियाका लागि नेथन कुल्टर नाइलले सर्वाधिक ३४ रन जोडेका थिए । एलेक्स केरीले ३३ तथा क्रिस लिनले १५ रन बनाए ।
दक्षिण अफ्रिकाका एन्डिल फेलुक्वायोले ३ विकेट लिए भने डेल स्टेन, लुंगी एंगिडी र इमरान ताहिरले दुई दुई विकेट लिएका थिए ।
१५३ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले ४ विकेट गुमाएर २९.२ ओभरमा पूरा गरेको थियो । अफ्रिकाको जितमा क्वीन्टन डी ककले ४७ तथा रीजा हेन्ड्रिक्सले ४४ रन बनाएका थिए ।
बलिङतर्फ अष्ट्रेलियाका मार्कस स्टोइनिसले ३ विकेट लिए । तीन वटा एकदिवसीय क्रिकेट श्रृंखलाअन्तर्गत दोस्रो एक दिवसीय खेल अाउँदाे शुक्रबार हुने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।