कोशीका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत प्राप्त, राप्रपाबाहेक सबै दलको समर्थन

 कात्तिक १, २०८० बुधबार १६:३८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाउनुभएको छ । ९३ सदस्यीय प्रदेशसभाबाट कार्कीको पक्षमा ८६ जना प्रदेशसभा सदस्यले मदतान गरेका छन् । विपक्षमा राप्रपाका ५ जनाले मत दिएका छन् ।

कार्कीलाई नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले मत दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले भने विपक्षमा मत दिएको छ ।

गएको शनिवार प्रदेश सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले तत्काल विश्वासको मत लिनुभएको हो । यस पटक पनि कोशीमा सरकार बन्न नसकेको भएमा प्रदेशसभा नै विघटन हुने थियो ।

नेपाली कांग्रेसले माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरे पनि कांग्रेसकै शेखर कोइराला पक्षका केदार कार्कीले ९ जना सांसदसहित विद्रोह गरेर एमालेको समेत समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । एमाले र शेखर कोइराला पक्षका सांसदको बहुमत पुग्ने भएपछि सत्ता गठबन्धनमा रहेका दलले पनि कार्कीलाई नै मत दिने निर्णय गरेका थिए । कार्कीले एमालेका एक जना र कांग्रेसका एक जनालाई मन्त्री नियुक्त गरिसक्नुभएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया