बझाङमा फेरि भूकम्प

 कात्तिक २, २०८० बिहीबार ८:१८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बझाङ केन्द्र विन्दु बनाएर भूकम्प गएको छ । गएराति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।  भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको थियो ।

गएको असोज १६ गते पछि बझाङमा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प पछि लगातारजसो साना र मध्यम भूकम्प र परकम्प गइरहेको छ ।  लगातारको भूकम्प र परकम्पले सुदूरपश्चिम प्रदेशका बासिन्दा त्रसित बनेका छन् । १६ गतेको भूकम्प पछि बझाङमा ५ सय भन्दा धेरै परकम्प गइसकेका छन् ।

नेपाल भूकम्पको उच्च जोखिमयुक्त क्षेत्र रहेकाले जुनसुकै बेला पनि ठूलो भूकम्पको जोखिमा छ । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्रमा सा–साना भूकम्प गइरहेका छन् ।  

अन्तिम अपडेट: असोज २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया